पाँच लिटरको प्रेसरकुकर बम डिस्पोज गर्दा बाजुरामा आठ लाखको क्षति

 फागुन १०, २०७६ शनिबार १७:४४:३ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - बाजुराको सदरमुकाम मार्तडीमा बम डिस्पाेजकाे क्रममा आठ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।

सदरमुकाममा रहेकाे जिल्ला प्रहरी कार्यालयसँग जोडिएको पिसविन बाजुरा नामक गैरसरकारी संस्था  र स्थानीय धर्म रोकायाको घर नजिकै प्रेसर कुकर बम डिस्पोज गर्दा ८ लाखको बराबरकाे क्षति भएको हाे । बम डिस्पोज गर्ने क्रममा पिसविन बाजुरा र स्थानीय धर्म रोकायाको घरमा क्षति पुगेको हो ।

कालो झोलामा बेरेर राखिएको पाँच लिटरको प्रेसरकुकर बमलाई नेपाली सेनाले डिस्पाेज गरेकाे थियाे ।

मानवीय क्षति नभए पनि भौतिक संरचना र पिसविनका अफिसियल सामानमा क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पिसविनको ३ लाख रुपैयाँ र  रोकायाको घरमा ५ लाखको क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनुभयाे ।

 घटनाबारे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया