म्यान्चेस्टर सिटीले लेस्टर सिटीलाई हरायाे

 फागुन ११, २०७६ आइतबार ९:१८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटी विजयी भएको छ ।

शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले तेस्रो स्थानको लेस्टर सिटीमाथि एक–शून्य गोल अन्तरको जित निकालेकाे हो । म्यान्चेस्टरकाे जितमा ग्याब्रियल जेससकाे गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित सकिएको खेलमा म्यान्चेस्टरका लागि ८०औँ मिनेटमा जेससले गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीको ५७ अङ्क भएकाे छ भने पराजित भएको लेस्टर सिटी ५० अङ्कसहित तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया