दीपिकासँग सम्बन्ध नतोड्न आग्रह गर्दै रणवीरले भिख मागेकै हुन् त ?

 साउन ९, २०७५ बुधबार १४:२२:२५ | एजेन्सी

बलिउड फिल्म उद्योगमा अभिनेता रणवीर कपूर र दीपिका पादुकोणको जोडी एक समयको चर्चित जोडी थियो । 

२००७ मा प्रदर्शित फिल्म ‘बचना ऐ हसिनो’ मा सँगै काम गर्ने क्रममा नजिकिएका यी दुवैले बिना कुनै संकोच सार्वजनिक कार्यक्रममा सहभागी हुनुको साथै आफूहरु प्रेममा रहेको कुरा मिडियामा बताउने गर्दथे ।  

दुवैजना एकअर्काको प्रेममा लामो समयसम्म एक साथ पनि रहे । तर पछि दुवैबीचको असमझदारीका कारण अलग हुनुपर्‍यो ।  दीपिकाले हालै एक अन्तरवार्तामा रणवीर कपूरसँगको सम्बन्ध तोड्दै के कारण ले अलग हुनुपर्‍यो भन्ने कुराको खुलासा गरेकी छिन् ।

उनले रणवीर कपूरको नाम त लिइनन् तर उनले रणवीरको नाम नभनेरै कसरी उनीलाई धोका दिएका थिए भन्ने बारेमा बताएकी छिन् । उनले भनेकी छिन् उनका पूर्वप्रेमी उनीप्रति इमान्दार थिएनन् । यस बारेमा बाहिरका व्यक्तिहरुले आफूलाई कयौं पटक उनका प्रेमीले धोका दिइरहेको बताए पनि आफू उसको साथमै रहेको पनि बताएकी छिन् । तर एक दिन उनीलाई रंगेहात धोका दिइरहेको देखेपछि टुटेको मन सम्हाल्दै छुट्टिने निर्णय गरेको बताएकी छिन् । 

उनले पूर्वप्रेमी आफूप्रति इमान्दार नरहेको थाहा हुँदा पनि उसले सम्बन्ध नतोड्न भन्दै माफीको भिख मागेपछि दोस्रो मौका दिएको तर दोस्रो पटक पनि उसले धोका नै दिएको बताएकी छिन् । किनकी यी सब कुराको उसलाई बानी परिसकेको बताएकी छिन् । दीपिकाले आफूले भने कसैको सम्बन्धमा रहँदा कहिले पनि धोका नदिएको बताएकी छिन् । 

दीपिका भन्छिन्, ‘मेरो विचारमा कुनै पनि सम्बन्धमा नजिक हुनुको मतलब शारीरिक रुपमा नजिक हुनु नभई भावनात्मक रुपमा नजिक हुनु जरुरी हुन्छ ।  जब मेरो विश्वास र भरोसा टुट्यो त्यसपछि आफ्ना सबै भावनाहरु नै सकिएको झैँ भएको थियो ।’ तर समय बदलिएसँगै आफू पनि अगाडि बढेको उनले बताएकी छिन् । 
 
रणवीर कपूरसँगको प्रेम सम्बन्ध टुटेपछि दीपिका लामो समयसम्म तनावमै रहन बाध्य भएकी थिइन् । जसका कारण उनले डिप्रेशनको सामना समेत गर्नु परेको थियो । 

दीपिका र रणवीर कपूर ब्रेकअप पछि अहिले भने असल साथीको रुपमा रहेका छन् । दुवै अलग भइसकेपछि ‘ऐ जवानी हे दिवानी’ र ‘तमासा’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् । 

हाल उनी अभिनेता रणवीर सिंहलाई डेट गरिरहेकी छिन् । बलिउड फिल्म उद्योगमा अहिले दीपिका रणवीरको विवाहको चर्चा भइरहेको छ । खबरहरुका अनुसार दीपिका पादुकोण र रणवीर सिंह यही वर्षको नोभेम्बरमा विवाह गर्ने तयारीमा छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया