इटलीमा कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने

 फागुन १२, २०७६ सोमबार १६:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - च्याम्पियन्स लिगकाे अन्तिम १६ मा नापोलीसँग खेल्नका लागि बार्सिलोना सोमबार इटली जाँदैछ ।

तर इटालीमा काेराेना भाइरसकाे त्रासका कारण इटली प्रवेश गर्नुपूर्व सम्पूर्ण खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिने भएको छ । चीनबाट फैलिएको कोरोना भाइरस इटालीसम्म पुगिसकेकाले इटालीकाे सुरक्षा व्यस्थामा कडाइ गरिएको छ ।

इटलीका स्वास्थ्य मन्त्रालयले बार्सिलोनाका खेलाडीहरुको पनि स्वास्थ्य परीक्षण गर्नका लागि सुझाव दिएको बताइएको छ । इटली प्रवेश गर्नुअघि बार्सिलोनाका सम्पूर्ण टिमको तापक्रम परीक्षण गरिने भएको छ ।

तर इटलीमा बार्सिलोनाका खेलाडीहरुलाई कुनै खतरा भने नरहेको बताइएको छ । कोरोनकै कारण बार्सिलोनाका खेलाडीहरु खेल सकिएलगत्तै बार्सिलोना फर्कने भएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया