सातौँ सामाजिक सुरक्षा दिवस : दीगो पेन्सन र गुणस्तरीय स्वास्थ्य ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई तीन–दुई गाेल अन्तरले हरायो । एक घण्टाको खेल सकिँदासम्म दुई–एकले पछि परेको लिभपुललाई मोहमद सलाह र साडियो मानेले गोल गर्दै उद्धार गरेका थिए ।
खेलको नवौँ मिनेटमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै इस्सा डिओपले हेडर गोल गर्दै खेल बराबरीमा पुर्याए ।
दोस्रो हाफाको नवाैँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गरेपछि लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्ने सङ्केत देखिएको थियो ।तर ६८औँ मिनेटमा वेस्टह्यामका गोलकिपर फाविन्स्कीले रोक्न सक्ने बल पनि प्रयास नगरेपछि मोहमद सलाह गोल गर्न सफल भए ।
त्यसपछि खेल दुई–दुई गोलको बराबरीमा पुग्यो । ८१औँ मिनेटमा लिभरपुलले अर्को गोल गर्यो । यसपटक ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
जितसँगै लिभरपुलले प्रिमियर लिगमा ७९ अङ्क बनाएको छ । उसले दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई २२ अङ्कले पछि पारेको छ । लिग जित्नका लागि लिभरपुललाई अब चार जित पर्याप्त हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।