ढाकाको एउटा विश्वविद्यालयको चुम्बनको तस्बिरले हंगामा

 साउन ९, २०७५ बुधबार १५:६:२७ | एजेन्सी
unn.prixa.net

पछिल्लो केही दिनदेखिको वर्षाले बंगलादेशको राजधानी ढाकामा केही राहत मिलेको छ । 

वर्षापछि ढाकाको मौसममा शीतलता त छाएको छ तर वर्षामा लिइएको एउटा तस्बिररे सामाजिक सञ्जाल भने तातिएको छ । 

ढाकाको एउटा विश्वविद्यालयका विद्यार्थीको केही तस्बिर अहिले भाइरल भैरहेका छन् । यी तस्बिरमा उनीहरु चुम्बन गरिरहेका छन् । यी तस्बिर फोटो पत्रकार जीवन अहमदका कारण चर्चा र विवादमा आएको हो । 

जीवन अहमदले त्यो फोटो विश्वविद्यालय क्याम्पसका पढ्ने विद्यार्थीले चुम्बन गरिरहेको फोटो खिचेका थिए । उनले यो तस्बिर आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् । अब सबैभन्दा ठूलो प्रश्न यो उठेको छ कि फोटोपत्रकार अहमदले त्यो जोडीसँग अनुमति लिएको थियो वा थिएन भन्ने कुरा रहेको छ  । 

जीवन अहमदले त्यो फोटो आफूले सामाजिक सञ्जालमा प्रयोग गर्ने अनुमति भने नलिएको स्पष्ट पारेका छन् । तर उनले आफूले फोटो खिचेको त्यो जोडीले देखेको र उनीहरुले आपत्ति नजनाएको बताएका छन् । जीवन भन्छन्, ‘मैले फेसबुकमा त्यो तस्बिर राखेँ तर मलाई भाइरल हुन्छ भन्ने लागेको छैन ।’ पछि जीवनले फेसबुकबाट फोटो हटाए  । 

फेसबुकमा कसैको व्यक्तिगत क्षणको फोटो राख्दा अनुमति लिनु पर्छ कि पर्दैन भन्नेमा बंगलादेशमा बहस सुरु भएको छ । कतिपयले त जीवनले फोटो नै सम्पादन गरेको आरोप लगाएका छन् । तर जीवनले भने यसको खण्डन गरेका छन् । 

कतिपयले यो फोटोलाई अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर हेर्दै प्रशंसा पनि गरेका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया