रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न लागिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालय केही हप्ता बन्द गर्न आग्रह गर्नुभएको हो ।
जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको ज्यान गएपछि प्रधानमन्त्रीले यस्ताे आह्वान गर्नुभएको हो । कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।
‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,’ आबेले भन्नुभयो । हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे बिदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ ।
जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ । जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।