एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले खेलभन्दा मानिसको स्वास्थ्य महत्वपूर्ण रहेको बताएका छन् ।
काेराेनाका कारण आउँदाे महिना हुने फुटबलका गतिविधिहरु स्थगित हुन सक्नेछन् । अर्को महिना विश्वकपका लागि एसियाली छनोट, युरो कपको छनोटसँगै जापानमा हुने ओलम्पिकका लागि फुटबलका छनोट प्रतियोगिता हुँदैछन् ।
यस्तै अन्य मैत्रीपूर्ण खेलहरु पनि सञ्चालन हुनेछन् । अर्को महिना विश्वकप छनोट खेल्न चाइनिज ताइपेई र अष्ट्रेलिया पनि नेपाल आउँदैछन् ।
‘मानिसको स्वास्थ खेलभन्दा महत्वपूर्ण छ,’ फिफा अध्यक्ष इन्फान्टिनोले भने ।
भाइरसका कारण खेलाडीहरु पनि भयभित हुन थालेका छन् । शुक्रबार सम्म फुटबल खेलकुदमा कोरोना भाइरसको असर देखिएको छ ।
स्वीट्जरल्याण्डमा शीर्ष दुई डिभिजनका खेलहरु स्थगित गरिएका छन् । कोरियामा शल्यक्रिया गरेर आएका टोटनह्यामका सन ह्योङ् मिनले आफूलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तै न्यूक्यासल र वेष्टह्यामले खेलअघि हात मिलाउन निषेध गरेको छ ।
फिफा अध्यक्षले अर्को महिनाका खेल तालिकाहरु प्रभावित नहुने आशा गरेका छन् । तर, कुनै खतराको संकेत भएको अवस्थामा स्थगित गर्न सकिने पनि बताए ।
‘खेलहरु स्थगित वा खाली रंगशालामा खेलाउनु पर्ने अवस्था आउन सक्छ,’ फिफा अध्यक्षले भने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।