अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
कैलाली - नेकपाका सुदूरपश्चिम इन्चार्ज समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री भीम रावललाई धनगढी विमानस्थलको भीआइपी कक्षमा प्रवेशमा रोक लगाइएको छ ।
शनिबार बिहान काठमाण्डाैबाट धनगढी आउनुभएका रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश गर्न नपाएको गुनासो गर्नुभएकाे हाे । पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले आफूलाई भीआईपी कक्षमा प्रवेश गर्न नदिएको गुनासो गर्नु भएको हो ।
राष्ट्रपतिको सुरक्षा व्यवस्थाको बारेमा पूर्वजानकारी नदिइएको र विमानस्थलको भीआईपी कक्षमा प्रवेश गर्न दिएर अपमान गरिएको उहाँको दुखेसो छ।
अर्काे सन्दर्भमा रावलले एमसीसीमा जनताको चासो बढेकोमा खुशी व्यक्त गर्नुभयो ।
एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताउँदै पार्टीको आधिकारिक धारणा नआएकाेले यस विषयमा आफू धेरै नबोल्ने उहाँले बताउनु्भयो ।
राष्ट्रियसभा सदस्य मनाेनयनबारे पार्टीकाे केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सबैले मान्नुपर्ने रावलकाे भनाइ छ । नेता रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभयाे ।
उहाँले पार्टीभित्रको बहसमा फरक विचार आउनु स्वभाविक भएको बताउदै यसले पार्टी फुट्छ भन्नु तर्कसंगत नहुने बताउनुभयो ।
उहाँ सोमबार हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आउनुभएको हो ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।