एशियाली खेलकुद: प्यालेस्टाइन र युएई समाविष्ट नयाँ ड्र सार्वजनिक

 साउन ९, २०७५ बुधबार १९:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आउँदाे अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेशियाको जाकार्तामा हुने १८ औं एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा प्यालेस्टाइन र युएईलाई समावेश गरी पुनः ड्र सार्वजनिक गरिएको छ ।

दुई साताअघि गरिएको ड्र मा २४ टोलीलाई ६ समूहमा विभाजन गरिएकोमा उल्लिखित दुई टोली समावेश गरिएपछि प्रतियोगितामा २६ टोली हुने भएका छन् ।

बुधबार गरिएको नयाँ खेल तालिकामा प्यालेस्टाइन समूह ए र युएई समूह ई मा परेका छन् ।

अब यी दुई समूहमा पाँच पाँच टोली रहनेछन् भने अन्य चार समूहमा चार टोली यथावत छन् ।

युएई थपिएपछि समूह ईमा साविक विजेता दक्षिण कोरियाका लागि भने चुनौति थपिएको छ । यस समूहमा कोरिया र युएईसँगै कीर्गिस्तान, मलेसिया र बहराइन् छन् ।

त्यस्तै प्यालेस्टाइनको आगमनले घरेलु टोली इण्डोनेशिया पनि थप दवावमा पर्नेछ । यस समुहमा हङकङ, लाओस र चाइनिज ताइपेइ छन् ।

नेपाल समूह डीमा जापान, भियातनाम र पाकिस्तानसँगै छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया