नेपाल हङकङसँग ४३ रनले पराजित, शीर्ष २ मा पर्ने सम्भावना न्यून

 फागुन १८, २०७६ आइतबार ११:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहाेरेकाे छ । साेमबार भएकाे खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो ।

हङकङसँगकाे हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेकाे हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो । 

हङकङले दिएकाे एक सय ५४ रनकाे लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएकाे नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो । 

सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन शर्राफ एक रनमा पेभेलियन फर्किँदा नेपालले ७१ रनमा चार विकेट गुमायो । 

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबाबमा पर्‍याे । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

नेपाली टिमको ब्याटिङमा समस्या देखियाे । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरियो । सन्दीपले खाता खाेल्न नसक्दाआरिफ शेख १० रनमा आउट भए । 

नेपालको पारीलाई कमजोर बनाउन हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया