न्युजिल्याण्डका एन्डरसन ईपीएलमा, काठमाण्डौ किंग्स-११ बाट खेल्ने

 फागुन १८, २०७६ आइतबार १४:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - न्युजिल्यान्डका अलराउण्डर कोरी एन्डरसन काठमाण्डौ किंग्स-११ बाट आसन्न ईपीएल खेल्ने भएका छन् । ईपीएलका लागि काठमाण्डौले विदेशी खेलाडीका रूपमा स्टार खेलाडी ल्याएको हो ।

एन्डरसनले न्युजिल्यान्डको तर्फबाट १३ टेस्ट, ४९ एक दिवसीय र ३१ वटा टी-२० खेल खेलिसकेका छन् । एन्डरसनले इन्डियन प्रिमियर लिग र पाकिस्तान सुपर लिग खेलेका छन् । उनले आईपीएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेञ्जर्स बेंगलोरबाट तथा पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया