झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - बाहिरका फुटबल प्रतियोगितामा खेल्नका लागि नियम उल्लंघन गरेको भन्दै अखिल नेपाल फुटबल संघ एन्फाले दुई जना विदेशी खेलाडीलाई जरिबाना गरेकाे छ ।
सरस्वती युथ क्लबका काजिम बुसारी र ब्रिगेड ब्याइजका ताजुदिन बुसेरा रहेका छन् । दुवै खेलाडीलाई एन्फाले जनही २५ हजार रुपैयाँ जरिवाना लगाएको छ । दुबै खेलाडी मोफसल प्रतियोगितामा च्यासल क्लबबाट खेलेका थिए ।
गएकाे साता उनीहरु राइनो गोल्डकप र सताक्षी गोल्डकपमा च्यासलबाट खेलेको पाएपछि एन्फाले कारबाही गरेको हो । उनीहरु 'ए' डिभिजन लिगका लागि नेपाल आएका थिए ।
जसमा एन्फाको खेलाडी दर्ता नियमावली अनुसार एउटा क्लबले दुई जना स्वदेशी र एक जना विदेशी खेलाडीलाई लोनमा लिन सक्ने प्रावधान छ । तर सरस्वतीका काजिम र ब्रिगेड ब्वाइजका ताजुदिन नियम विपरीत एउटै क्लबबाट मोफसलका प्रतियोगिता खेलेपछि कारबाहीमा परेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।