झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो ।
खेलमा अधिकांश समय बल पोसेसन आफ्नो पकडमा लिएपनि बार्सिलोनाले रियलको पोस्टमा प्रभावशाली आक्रमण गर्न सकेन ।
पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए ।
जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । उपाधि जित्ने अभियान जिवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।