बार्सिलोनाले रियल मड्रिडसँग हार्नुका प्रमुख ३ कारण

 फागुन १९, २०७६ सोमबार १५:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रियल मड्रिडले आइतबार घरेलु मैदान सान्टियागोमा बार्सिलोनालाई पराजित गर्न सफल भयो । सिजनको दोस्रो ला लिगा क्लासिकोमा बार्सिलोनालाई रियलले दुई-शून्यले पराजित गरेको हो ।

भिनिसियसको गोलमा मड्रिडले अग्रता लिएकाे थियाे । डायजले मड्रिडका लागि अर्काे गाेल थप्दा बार्सिलोना हार्न बाध्य भयाे । बार्सिलोनाले एल क्लासिकोमा गरेको फितलो प्रदर्शनका कारण हार बेहाेरेकाे बताइए पनि बार्सिलोनाले हार बेहाेर्नुका केही कारण यस्ताे छ । 

१. मेस्सीमाथि  बार्सिलोनाको  पूर्ण भरोसा

बार्सिलोना आफ्नो ३२ वर्षीय कप्तान लियोनल मेस्सीमाथि पूर्णरुपमा भर परेकाले पनि हार्न पुगेको देखिन्छ । मेस्सीले यसअघिकाे खेलमा इयबरविरुद्ध चार गोल गरेका थिए र त्यहीँबाट मेस्सीका समर्थकहरु उनलाई एल क्लासिकोमा पनि जम्न सक्ने विश्वास गर्दथे ।

बार्सिलोनाको टिमले उत्कृष्ट प्रदर्शन गर्दा पनि कप्तानले सोचेजस्तो राम्रो खेल्न सकेनन् । मेस्सीले एल क्लासिकोमा मौका पाएनन् र सिर्जना पनि गर्न सकेनन्, जसका कारण रियलसँग बार्सिलोना हार्‍याे । 

२. दोस्रो हाफपछि बार्सिलोनाका खेलाडीले धेरै गल्ती गर्नु

पहिलो हाफमा समान देखिएको खेलको दोस्रो हाफमा पनि खेलमा धेरै भिन्नता देखियो । बार्सिलोनाले पहिलो हाफमा धेरै मौका पाएको थियो तर मौकालाई सदुपयोग गर्न सकेन भने रियल मड्रिडका खेलाडी दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल रहे । 

बार्सिलोनाका डिफेन्डर आफ्ना गोलकिपर टेर स्टेगिनको बललाई जोगाउने प्रयास गर्दागर्दै दुई पटक स्टेगिनलाई दोधारमा पारेका थिए र दुवै गोल सामान्य रुपमा भएका थिए ।

३. रियल मड्रिड घरेलु जितको भोको हुनु

गएकाे हप्ता घरेलु मैदानमा भएको लेभन्टे र सीटीसँगको हारका कारण घरेलु दर्शकले खेलाडीहरुमाथि प्रश्न उठाउन थालेका थिए । त्यसैले पनि रियलका खेलाडीहरुलाई बार्सिलोनासँग जसरी पनि जित निकाल्नु थियो । सुरुको हारको बदला लिनका लागि पनि रियल बार्सिलोनासँग दबाबपूर्ण खेल खेलिरहेकाे थियाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया