ओलम्पिकमा नेयमार ब्राजिलको कप्तान !

 फागुन १९, २०७६ सोमबार २०:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ब्राजिलियन फुटबल सङ्घले नेयमारलाई ओलम्पिक खेल खेलाउनका लागि पीएसजीसँग समन्वय गरेको बताइएको छ । नेयमारलाई कप्तानको रुपमा राष्ट्रिय टोलीमा फर्काउनका लागि पीएसजीसँग ब्राजिलले पहल थालेको हो ।

ओलम्पिकका लागि फ्रान्सका किलियन एम्बाप्पे पनि फर्कन इच्छुक देखिएपछि पीएसजीमा खेलाडीलाई जान दिने वा नदिनेबारे अन्योल सुरु भएको छ । ओलम्पिकका लागि ब्राजिलले नेयमारसँगै रियलका रोड्रिगो र भिनिसियसलाई पनि टिममा बोलाएको बताइएको छ ।

नेयमारको निर्णायक पेनल्टीमा सन् २०१६ मा ब्राजिलले ओलम्पिकको मेडल जित्न सफल भएको थियो । एम्बाप्पे पनि विश्वकपपछि ओलम्पिक र युरोकप खेल्न टिममा फर्कने भएका छन् ।

नेयमार र एम्बाप्पे राष्ट्रिय टिमका लागि फर्किएमा उनीहरुले लिग वानको खेलहरु एक हप्ताका लागि गुमाउने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया