इन्स्टाग्रामको एउटा पोस्टबाट कोहलीको कमाई एक करोडभन्दा बढी, रोनाल्डोको त कति–कति !

 साउन ९, २०७५ बुधबार २०:३८:६ | एजेन्सी
unn.prixa.net

बदलिँदो समयसँगै सामाजिक सञ्जाल सशक्त रुपमा उदाउँदै गएको छ । पहिले सामाजिक सञ्जाल फोटो, भिडियो तथा आफ्ना सन्देश पोस्ट गर्नका लागि मात्रै प्रयोग गरिन्थ्यो । तर आजकल सामाजिक सञ्जाल धेरैका लागि आम्दानीको श्रोत बन्दै गएको छ । 

थुप्रै कम्पनी अहिले आफ्नो ब्रान्डको विज्ञापनका लागि कलाकार, मोडेल तथा खेलाडीको सामाजिक सञ्जालको सहारा लिने गर्छन् । यसको बदलमा सेलिब्रिटिजहरुलाई मोटो रकम दिने गर्छन् । 

इन्स्टाग्राम पोस्ट शेड्यूल गर्ने प्लेटफर्म हुपर एचक्यूले  सन् २०१८ मा इन्स्टाग्राम पोस्टबाट सर्वाधिक कमाई गर्ने सेलिब्रिटिजको सूची जहाँ टिम इन्डियाका कप्तान विराट कोहली इन्स्टाग्राम स्पोर्ट्स रिच लिस्ट(समृद्ध सूची) मा नवौँ स्थानमा रहेका छन् । समग्रमा उनी १७ औँ स्थानमा रहेका छन् ।
हुपर एचक्यूका अनुसार इन्स्टाग्राममा कोहलीलाई पछ्याउनेको संख्या २ करोड ३२ लाखभन्दा बढी रहेको छ । कोहलीले एउटा प्रायोजित इन्स्टाग्राम पोस्टबाट

एक लाख २० हजार अमेरिकी डलर(झण्डै एक करोड ३१ लाख नेपाली रुपैयाँ) कमाउँछन् । 

यो सूचीमा फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । त्यस्तै पीएसजी स्टार नेइमार दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा रहेका छन् । 

इन्स्टाग्राम स्पोर्ट्स रिच लिस्ट

  • १. क्रिस्टियानो रोनाल्डो, १३ करोड ६० लाख फ्लोअर्स, एउटा पोस्टको कमाई – ७ लाख ५० हजार अमेरिकी डलर (झण्डै ८ करोड नेपाली रुपैयाँ)
  • २. नेइमार, १० करोड फ्लोअर्स, एउटा पोस्टबाट कमाई ६ लाख अमेरिकी डलर
  • ३. लियोनल मेस्सी, ९ करोड ७२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई ५ लाख अमेरिकी डलर
  • ४. डेभिड बेकह्याम, ४ करोड ९७ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई ३ लाख अमेरिकी डलर
  • ५. ग्यारेथ बेल, ३ करोड ५४ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ८५ हजार अमेरिकी डलर
  • ६. ज्लाटन इब्राहिमोविच, ३ करोड ४५ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ७५ हजार अमेरिकी डलर
  • ७. लुइस स्वारेज, २ करोड ९२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख ५० हजार अमेरिकी डलर
  • ८. कोनर म्याकग्रेगर, २ करोड ४५ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख २५ हजार अमेरिकी डलर
  • ९. विराट कोहली, २ करोड ३२ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख २० हजार अमेरिकी डलर
  • १०. स्टेफन करी, २ करोड १३ लाख फलोअर्स, एउटा पोस्टबाट कमाई एक लाख १० हजार अमेरिकी डलर


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया