एसीसी इस्टर्न रिजन टी-२० : पाँच ओभरमा नेपालले लियाे थाइल्याण्डकाे दुई विकेट

 फागुन २१, २०७६ बुधबार ८:३५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटकाे आजकाे खेलमा टस जितेर थाइल्याण्डले ब्याटिङ सुरु गरेकाे छ ।

सवा आठ बजे सुरु भएकाे खेलमा यति बेलासम्म थाइल्याण्डले ५ ओभर खेल्दै १२ रनमा दुई विकेट गुमाएकाे छ ।

लगातार दुई खेलमा पराजित भएका नेपाल र थाइल्याण्ड पहिलो जीतको खोजीमा हुनेछन् ।  नेपाल थाइल्याण्डविरुद्ध फराकिलो जितका साथ २ अंक जोड्ने प्रयासमा रहँदा थाइल्याण्ड पनि त्यस्तै नतिजाको खोजिमा हुनेछ ।

टी-२० मा सहभागी पाँचमध्ये शीर्ष वरीयताको नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको थियो । तर मलेसिया र हङकङसँग पराजित भएपछि च्याम्पियन बन्ने लक्ष्यमा भने धक्का लागेको छ । 

त्यसैले थाइल्याण्डविरुद्ध फराकिलो जित निकाल्दै शीर्ष दुईमा पुग्ने लक्ष्य कायमै राख्ने प्रयासमा हुनेछ । नेपालले थाइल्याण्डलाई पराजित गरेर मात्रै पुग्ने छैन । सँगै अन्य टिमको पनि भर पर्नुपर्ने छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया