एसीसी इस्टर्न रिजन टी-२० : थाइल्याण्डले दियाे नेपाललाई ६७ रनकाे झिनाे लक्ष्य

 फागुन २१, २०७६ बुधबार ९:४२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा घरेलु टोली थाइल्याण्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो । थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अविनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक-एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् ।

नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अविनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।

सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिँदै एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया