टी–२० वरीयतामा सेफालीकाे छलाङ, १९ स्थानमाथि उक्लदै शीर्ष स्थानमा

 फागुन २१, २०७६ बुधबार १२:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कपमा उत्कृष्ट प्रदर्शन गरिरहेकी सेफाली वर्मा महिलाको विश्व वरीयतामा करियरकै उच्च स्थानमा पुगेकी छिन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सेफाली ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएकी हुन् । सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी सेफालीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन् ।

उनी कम उमेरमा अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी बनेकी थिइन् । वेस्ट इण्डिजविरुद्ध उनले ४९ बलमा ७३ रन बनाएकी थिइन् ।

नयाँ वरीयतामा सेफालीले १९ स्थान छलाङ मार्दै शीर्ष स्थानमा पुगेकी हुन् । १६ वर्षीया सेफालीले मात्र १८ टी–२० खेलेकी छिन् ।

वरीयताकाे दाेस्राे स्थानमा न्युजिल्याण्डकी सुजी बेट्स रहेकी छिन् भने तेस्राे स्थानमा अस्ट्रेलियाकी बेथ माेनी रहेकी छिन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया