एम्बाप्पेकाे ह्याट्रिक, पीएसजी फ्रेन्च कपकाे फाइलनमा

 फागुन २२, २०७६ बिहिबार ९:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओलम्पिक लियोनमाथि जित निकाल्दै पेरिस सेन्ट जर्मेइन फ्रेन्च कपको फाइनलमा पुगेको छ ।

केलियन एमबाप्पेले ह्याट्रिक गर्दा पीएसजीले सेमिफाइनलमा लियोनमाथि पाँच–एककाे जित निकाल्यो । पीएसजी लगातार छैटौँ पटक फ्रेन्च कपको फाइनलमा पुगेको हो ।

खेलको ११ औँ मिनेटमा नै लियोनले अग्रता लिएको थियो । उसका लागि मार्टिन टेरियरले गोल गरेका थिए । तर त्यसको तीन मिनेटपछि एमबाप्पेले बराबरी गोल गरे । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको थियो ।

६१ औँ मिनेटमा लियोनका मार्सल डी ओलिभियराले रातो कार्ड पाएपछि लियोन कमजोर बन्यो । त्यसपछि पीएसजीले चार गोल थप्यो ।

मार्सलले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा नेयमारले गोल गरे । त्यसपछि एमबाप्पेले आफ्नो एक्लो प्रयासमा गोल गर्दै पीएसजीलाई तीन–एककाे अग्रता दिलाए ।

पाब्लो साराबियाले पीएसजीका लागि ८१ औँ मिनेटमा चौथो गोल गरे भने एमबाप्पेले इन्ज्युरी समयमा ह्याट्रिक पूरा गरे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया