आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - विश्व फुटबलमा यस समय एकपछि अर्का उत्कृष्ट खेलाडीहरु देखा परिरहेका छन् । यूरोपियन फुटबलमा पनि यस समय युवा खेलाडीहरुको नै वर्चस्व देखिन्छ । युवा खेलाडीहरुमा भिन्नै जोश भएकाले विभिन्न क्लबहरुले उनीहरुलाई महङ्गो रकममा अनुबन्धित गर्ने गर्दछन् ।
यूरोपका विभिन्न लिगका २१ वर्ष मुनिका सबैभन्दा महङ्गा ५ खेलाडीहरु
१. जाडोन सान्चो (बोरसिया डर्टमण्ड) - १२० मिलियन
बुन्डेसलिगा क्लब बाेरसिया डर्टमण्डका १९ वर्षीय मिडफिल्डर सान्चो यस समय युरोपियन लिग खेल्ने सबैभन्दा महङ्गा २० वर्षमुनिका खेलाडी हुन् । उनले बोरसियाको साथमा गोल र एसस्ट दुबै गर्दै उत्कृष्ट लयमा रहेका छन् । उनको वर्तमान मूल्य १२० मिलयन पाउन्ड बराबरको रहेको बताइएको छ ।
२.जोओ फेलिक्स (एट्लेटिको मड्रिड) - १०० मिलियन
एट्लेटिको मड्रिडले पोर्चुगलका खेलाडी जोओ फेलिक्सलाई विश्वकै किर्तिमानी रकममा अनुबन्धित गरेको थियो । पोर्चुगलका खेलाडी फेलिक्सले एट्लेटिकोमा इन्ज्युरीको बाबजुद पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यस सिजन उनले २६ खेलमा २ गोल तथा पाँच एसिस्ट प्रदान गरेका छन् ।
एट्लेटिकोका फरवार्ड फेलिक्सको वर्तमान मूल्य १०० मिलियन पाउन्ड बराबर रहेको बताइएको छ ।
३.कई हाभेर्ट (बायर लिभरकुशेन) - ९० मिलियन
बुन्डेसलगा क्लब बायर लिभरकुशेनका २० वर्षीय हाभेर्टले बायरको साथमा बुन्डेसलिगामा १०० खेल खेलिसकेका छन् । जहाँ उनले आफूलाई उत्कृष्ट खेलाडीको रुपमा स्थापित गरेका छन् ।
उनीमाथि युरोपका उत्कृष्ट क्लबहरुको नजर रहेको छ । तर उनले आफू कुन क्लबमा जानेबारे भने निर्णय लिएका छैनन् । उनको वर्तमान मूल्य ९० मिलियन पाउन्ड बराबरको भएको बताइएको छ ।
४.माथिज डि लाइट (युभेन्टस) - ७५ मिलियन
युभेन्टसका २०१८ मा गोल्डेन बुट जित्न सफल खेलाडी माथिज डि लाइटलाई युभेन्टसले अघिल्लाे सिजनमा अनुबन्धित गरेको हो । लाइटका लागि युभेन्टसले आयाक्सलाई ७५ मिलियन पाउन्ड तिरेको बताइएको छ । २० वर्षीय लाइटले युभेन्टसमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
५.एर्लिंग हालान्ड (बोरुसिया डार्टमण्ड) - ६० मिलियन
वर्तमान समयमा गोल मेसिनको संज्ञा पाएका बोरसियाका एर्लिंग हालान्ड यस सिजन उत्कृष्ट लयमा रहेका छन् । केही समयअघि साल्जबर्गबाट बोरसिया आएका उनले यस सिजन २ क्लबको खेलमा ३१ खेलबाट ४० गोल गरिकेका छन् ।
यूरोपका उत्कृष्ट क्लबहरुले उनीमाथि रुचि देखाए पनि हालान्डले भने बोरसियाको बाटो रोजेका थिए । उनको मूल्य ६० मिलियन पाउन्ड बराबरको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।