लिटन दासकाे रेकर्ड : एक दिवसीयमा सर्वाधिक रन बनाउने बंगलादेशी खेलाडी

 फागुन २४, २०७६ शनिबार ६:५१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशका ओपनर ब्याट्सम्यान लिटन दासले नयाँ इतिहास बनाएका छन् ।

विकेटकीपर ब्याटस्म्यान दासले १४३ बलमा १६ चौका र ८ छक्कासहित १७६ रनको शानदार पारी खेले । उनको स्ट्राइक रेट १२३।०७ रहेको थियो । यही १७६ रनको मद्दतले दास एक दिवसीय क्रिकेटमा बंगलादेशबाट सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्न सफल भएका छन् ।

दासले यो उपलब्धि हासिल गर्दा तमिम इकबाललाई पछि पारेका छन् । इकबालले जिम्बाब्वेविरुद्धकै दोस्रो एक दिवसीय क्रिकेटमा १५८ रन बनाउँदै सर्वाधिक रन बनाउने बंगलादेशको पहिलो खेलाडी बनेका थिए ।

जिम्बाब्वेविरुद्ध बंगलादेशले टस जितेर पहिला ब्याटिङ गर्दै तीन विके जिम्बाब्वेले भने टको नोक्सानीमा ३२२ रन बनाएको थियो । दासले १७६  रन बनाउँदा इकबालले १२८ रनको नट आउट पारि खेलेका थिए ।

४३ ओभरमा ३२२ रनमा पानी परेर रोकिएपछि डीएल मेथडअनुसार ३४२ रनको लक्ष्य पाएको थियाे । दास र इकबालले पहिलो विकेटका लागि २९२ रनको साझेदारी गरेका थिए । जुन एक दिवसीय क्रिकेटमा पहिलो विकेटका लागि भएको तेस्रो ठूलो साझेदारीको रेकर्ड पनि बनेको छ ।

पहिलो विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी ३६५ रनको रहेको छ । यो रेकर्ड वेस्टइण्डिजले आयरल्याण्डविरुद्ध कायम गरेका थियो । वेस्टइण्डिजका जोन क्याम्पबेल र साइ होपले साझेदारी गरेका थिए ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया