पूर्व क्रिकेटर इमरान खान पाकिस्तानी प्रधानमन्त्री बन्ने निश्चित जस्तै

 साउन १०, २०७५ बिहीबार १२:५३:४६ | एजेन्सी
unn.prixa.net

बुधबार पाकिस्तानमा संसदीय चुनाव भएको थियो । २७२ संसदीय सिटमा मतगणना जारी छ । संसदीय चुनावका साथै प्रान्तीय चुनावका लागि पनि मतदान भएको थियो । 

आम चुनावको परिणाम आउने क्रम जारी छ । पूर्व क्रिकेटर इमरान खान लहरका अगाडि कैयौं दिग्गज पछाडि परेका छन् । अहिलेसम्मको नतिजा अनुसार इमारन खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ११३ सिटमा अगाडि रहेको छ । सबैभन्दा ठूलो दलका रुपमा उदाउँदै गरेको पीटीआईका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । 

त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज) ६९ सिटमा अगाडि रहेको छ । साथै पीएमएल–एन बाट प्रधानमन्त्रीका उम्मेदवार शहबाज शरीफ आफैले चुनाव हारेका छन् । 

त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपल्स पाटी(पीपीपी)  ३८ सिटमा अगाडि रहेका छन् । बिहीबार बेलुकासम्म पूर्ण नतिजा अाइसक्ने पाकिस्तानी निर्वाचन अायाेगले जनाएकाे छ ।
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया