एभर्टनमाथि चेल्सीकाे सहज जित

 फागुन २५, २०७६ सोमबार ५:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई चार शून्यको अन्तरले हराएको छ । घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सुरुवातदेखि नै राम्रो खेलेको थियो । 

खेलको १४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा पेन्द्रोको गोलले चेल्सी दुई शून्यले अगाडि रहेकाे थियाे। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा पनि दुई गोल गर्यो ।

५१ औं मिनेटमा विलियमले गोल गर्दै टीमलाई तीन शून्यले अगाडि राखे । ५४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै टिमलाई चार शून्यको अग्रता दिलाए । एभर्टन खेलमा फर्कन नसकेपछि चेल्सीले सहज जित निकाल्यो ।

यो जितपछि चेल्सीले २९ खेलमा ४८ अङ्क बनाएको छ ।१२ औं स्थानको एभर्टनको ३७ अङ्क छ । यो जितले चेल्सीले शीर्ष चारमा रहने संभावना पनि बलियो बनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया