शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने घट्यो
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - इटालीमा गएको २४ घण्टामा थप १ सय ३३ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ६६ पुगेको छ । सङ्क्रमितको संख्या ७ हजार ३७५ पुगेको इटालीको स्वास्थ्य विभागले पुष्टि गरेको छ ।
कोरोना भाइरसबाट सङ्क्रमण हुने र ज्यान जानेको संख्या बढेपछि इटालीमा थप सतर्कता अपनाइएको बीबीसीले जनाएको छ । कोरोनाको सङ्क्रमण उच्च दरमा फैलन थालेपछि इटाली सरकारले लोम्बार्डीसहित विभिन्न १४ प्रान्तमा यात्रा गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।
इटालीका १ करोड ६० लाख मानिसलाई आउँदाे चैत २१ गतेसम्मका लागि क्वारेण्टाइनमा राखिएको बीबीसीले जनाएको छ । यस्तै इरानमा गएको २४ घण्टामा कोरोनाका कारण ४९ जनाले ज्यान गुमाएका छन् भने ७ सय ४३ जना नयाँ बिरामी भेटिएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण पछिल्लो समयमा चीनमा नियन्त्रण हुँदै गएको भए पनि अरु देशमा फैलने क्रम तीव्र बनेको छ । १ सय ४ देशमा पुगिसकेको कोरोनाबाट झण्डै १ लाख १० हजार मानिस सङ्क्रमित भएका छन् ।
३८ सय ५ जनाको ज्यान गइसकेको छ भने झण्डै ६१ हजार संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।