पाकिस्तानी प्रधानमन्त्री बन्ने स्थितिमा पुगेका इमरान खानको क्रिकेट जीवन कस्तो रह्यो त ?

 साउन १०, २०७५ बिहिबार १४:२७:५९ | एजेन्सी
unn.prixa.net

इमरान खान पाकिस्तानी क्रिकेटका सबैभन्दा सफल खेलाडीमध्येका एक हुन् । सन् १९७१ देखि दुई दशकसम्म उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एकछत्र राज गरे । बलिङ अलराउण्डरको रुपमा रहेका खान पाकिस्तानका लागि आइकन बने ।
 
सन् १९९२ मा अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास लिएको चार वर्षपछि राजनीतिमा लागेका खान त्यसको २२ वर्षपछि पाकिस्तान र सरकारको नेतृत्व गर्ने स्थितिमा पुगेका छन् ।
 
उनको जीवनको यो दोस्रो इनिङ हो । आधा जीवन क्रिकेटमा बिताएका उनले अब सफल राजनीतिज्ञको रुपमा पाकिस्तानको राजनीतिको केन्द्रमा रहनेछन् ।
 
उनको पार्टीले संसदमा बहुमत ल्याउने करिब करिब पक्का जस्तै छ । बुधबार २७२ सिटका लागि निर्वाचन भएकोमा खानले नेतृत्व गरेको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) ले अहिले सम्म ११३ स्थानमा अग्रता बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
 
क्रिकेट करियरबाट विदा लिएर उनले राजनीति शुरु गरेका थिए । यसअघिको चुनावमा दोस्रो पार्टी भएको पीटीआई अहिले सरकारको नेतृत्व गर्ने तहमा आइपुगेको छ ।
 
पाकिस्तानका सफल क्रिकेट इमरानको अबको इनिङ कस्तो चल्छ त्यो भने भविष्यले नै देखाउने छ ।
 
अहिलेनै पुराना पार्टीले इतिहासकै खराब चुनाव भनेर बताइरहँदा तीनिहरुलाई पनि मिलाएर लैजानुपर्ने अर्को चुनौति छ ।
 
१९५२ अक्टोबर ५ मा जन्मिएका इमरानले १९७१ देखि १९९२ सम्म पाकिस्तानका लागि क्रिकेट खेलेका थिए ।   
 
पहिला अहिले जस्तो एकदिवसीय क्रिकेट आयोजना नहुने भएकाले इमरानले इंग्ल्याण्ड विरुद्ध ३ जुनमा टेस्टमा डेब्यू गरेका थिए । टेस्टमा उनले ८८ क्याप जितेका इमरानले टेस्ट क्रिकेट खेल्न सुरु गरेको ३ वर्ष अर्थात १९७४ अगष्ट ३१ म इङ्ल्याण्ड विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरे ।
 
एक दिवसीयमा १७५ क्याप जितेका इमरानले अन्तिम खेल पनि इङ्ल्याण्डसँग १९९२ मा खेलेका थिए । यसैगरी १९९२ मा टेस्टबाट सन्यास लिँदा अन्तिम खेल श्रीलंकासँग खेलेका थिए ।
 
उनले एकदिवसीयमा भन्दा टेस्ट क्रिकेटमा रन बढी बनाएका छन् । ८८ टेस्ट खेलेका इमरानले ३८०७ रन बनाएका थिए । १७५ एक दिबशिय क्रिकेटमा उनले ३७०९ रन बनाएका थिए ।
 
टेस्ट क्रिकेटमा सर्वाधिक १३६ रन बनाएका इमरानले एकदिवशीयमा नट आउट १०२ रन सर्वाधिक बनाएका थिए । टेस्ट क्रिकेटमा ६ वटा सतक प्रहार गरेका उनले एकदिवशीय क्रिकेटमा एउटा मात्र सतक बनाए ।
 
पाकिस्तानका अलराउण्डका रुपमा चिनिएका इमरानले बलिङमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । टेस्टमा ३६२ विकेट लिएका इमरानले एकदिवसीयमा १८२ विकेट लिएका छन् । यसैगरी टेस्टको एकै इनिङमा पाच विकेट उनले २३ पटक लिएका छन् भने यो क्रम एकदिवसीयमा भने १ पटक मात्रै छ ।
 
टेस्ट क्रिकेटमा उनले बलिङतर्फ ६ पटक १० विकेट लिएका छन् । एकदिवशीय क्रिकेटमा १४ रन दिएर ६ विकेट लिने इमरानको सफल स्पेल हो भने टेस्टमा ८ विकेट लिँदा ५८ रन खर्च गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया