कोरोना भाइरस : चीनमा सङ्क्रमण घट्यो, अरु देशलाई सहयोग गर्ने

 फागुन २७, २०७६ मंगलबार ९:५३:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ ।

गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार काेराेनाबाट सङ्क्रमित हुने नयाँ मानिसकाे सङ्ख्या घट्दै गएको हो ।

२४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएकाे बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् ।

अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकाेमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेकाे चीनको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयाेग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

प्रधानमन्त्री ली ख छ्याङकाे नेतृत्वमा बसेको बैठकले महामारीलाई थप फैलनबाट राेक्न र महामारी नियन्त्रण तथा आर्थिक वृद्धिलाई समन्वय गर्न व्यवस्थित ढङ्गले काम र उत्पादनलाई फेरि सुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको खबरमा बताइएकाे छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया