जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
खोटाङ – प्रेमजालमा पारेर खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी २४ वर्षीय मञ्जु तामाङलाई ठगेर एक युवा बेपत्ता भएका छन् ।
प्रेमको नाटक रचेर ओखलढुंगा घर र प्रहरी बताउने सुजन क्षत्रीले तामाङलाई ७६ हजार २ सय रुपैयाँ ठगी गरेका हुन् । फोन सम्पर्कबाट चिनजान भएका क्षत्रीले घडेरी किनेको र घडेरीको पैसा तिर्न भन्दै पैसा मागेर सम्पर्कविहीन बनेको पीडितको गुनासो छ । युवाले प्रेमको नाममा ठगी गरेको थाहा भएपछि पीडित युवतीले दोषी युवालाई पक्राउ गरी कारबाहीलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
प्रेमीले घडेरीको पैसा तिर्नका लागि रोइकराई गरेपछि मञ्जुले २०७३ असार १८ गते इटहरीका भिमकुमारी भकरीको नाममा १० हजार, असार २५ गते २५ हजार, असार २७ गते १८ हजार र २०७३ साल भदौ ५ गते २३ हजार २ सय पैसा आइएमई गरेर पठाउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत बताउने सुजन र मञ्जुबीच २०७२ सालमा फोनमार्फत चिनजान भएको थियो ।
नियमित फोन सम्पर्कका बीचमा दिक्तेलबाट विराटनगर जोगबनी सरुवा भएको बताएका युवाले केही समयपछि पैसा पठाइमागेका थिए । उनले भीमकुमारी भकरीको नाममा पैसा पठाउन लगाएका थिए । उजुरीका आधारमा दोषीको खोजी सुरु गरिएको डीएसपी लोकदर्शन थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।