नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाण्डाै – हरेक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ ।
जनकपुरधामको राम मन्दिर मैदानमा आज आयोजित विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो । मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै परिषद्ले ‘महामूर्ख’ को उपाधिबाट सम्मान गरिकाे हो । सिंहलाई विशेष प्रकारको व्यङ्गात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले सम्मान गर्नुभयो ।
यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।