बजेट खर्च कम हुनुमा सरकार दोषी : निर्माण व्यवसायी

 चैत २, २०८१ शनिबार १५:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालू आर्थिक वर्षको शुरूदेखि नै देशमा दुई तिहाइ बहुमत नजिकको शक्तिशाली सरकार रहे पनि बजेट खर्च भने कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गएको असार ३० गते प्रधानमन्त्री बन्नुभएको हो । एमालेकै विष्णु पौडेल अर्थमन्त्री भएर आर्थिक वर्षको शुरूदेखि नै नेतृत्व गर्न पाए पनि बजेट कार्यान्वयन कमजोर बनेको छ ।

सरकारी आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनसम्म सरकारले कुल बजेटको ४५ दशमलव १२ प्रतिशतमात्रै खर्च गरेकाे छ । अझ डरलाग्दो कुरा विकास खर्च त २३ दशमलव ३७ प्रतिशतमात्रै भएको छ ।

यति न्यून बजेट खर्च हुनुको पछाडि सरकार नै दोषी रहेको निर्माण व्यवसायी बताउँछन् । विकास बजेट खर्च नहुनुमा सरकारी नीति, देशमा व्यापक भ्रष्टाचारको दोष रहेको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो । उहाँका अनुसार सरकारले आयोजनाहरूको टेन्डर गर्दा अत्यन्तै न्यून बजेट राखेर गर्ने गरेको छ । धेरै योजनाहरूको काम सकिएर पनि भुक्तानी हुन सकेको छैन । सरकारले भुक्तानी नदिएका कारण थप काम गर्न रोकिएको छ ।

निर्माण कार्य तीव्र रूपमा हुने अहिलेकै सिजनमा सीमित उद्योगीहरूले सिमेन्टलगायत डन्डी, ग्याचिन वायरका निर्माण सामग्रीमा थप मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेको अध्यक्ष सिंहको भनाइ छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी सबै बजेट खर्च नहुनुको कारक अर्थ मन्त्रालय नभई विषयगत मन्त्रालयहरु बढी जिम्मेवार रहेका बताउनुहुन्छ ।
 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया