जनकपुरधाममा हाेली मनाइयाे

 चैत २, २०८१ शनिबार १५:४६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनुषाकाे जनकपुरधाममा उल्लासपूर्ण रूपमा होली मनाइएको छ । स्थानीयवासीले एकअर्कालाई रङ्ग लगाइदिएर र खुशी साटासाट गरेर होली मनाएका हुन् ।

तराईका अन्य जिल्लाहरूमा होली हिजाे नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । मिथिला परिक्रमा उत्सवका कारण जनकपुरधाममा एक दिनपछि होली मनाउने चलन रहेको छ ।

नगरका विभिन्न ठाउँहरूमा मटकाफोर, जोगिरा गायनजस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन् । विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो सङ्ख्यामा आउने गर्दछन् ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया