नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्सकाे विश्व वरीयतामा छलाङ

 फागुन २८, २०७६ बुधबार १३:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घ बीडब्ल्यूएफले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौँ स्थानमा उक्लिएका छन् । यसअघि प्रिन्स १० औँ स्थानमा थिए ।

विश्व जुनियर ब्याडमिन्टनमा प्रिन्सले हात पारेको याे अहिलेसम्मकै ठूलो वरीयता हो । उनी भर्खरै जर्मनीमा भएको जर्मन इन्टरनेसनल सिरिजमा अन्तिम १६ सम्म पुगेका थिए ।

जुनियर ब्याटमिन्टनमा प्रिन्स राम्रो सम्भावना बोकेका खेलाडी हुन् ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया