आहा रारा गोल्डकप : पहिलो सेमिफाइनल पुलिस र थ्रीस्टारबीच

 फागुन २८, २०७६ बुधबार १४:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपकाे बुधबारदेखि सुरु हरने सेमिफाइनलमध्ये पहिलो खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच हुने भएकाे छ ।

याे खेल आज दिउँसो साढे दुई बजे पोखरा रंगशालामा हुनेछ । 

पाँच पटक उपाधि जितेको थ्रीस्टार अघििल्लाे संस्करणकाे विजेता पनि हो । बुधबारको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै थ्रीस्टार लगातार फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आहा रारा गोल्डकपको सबैभन्दा बढी ६ पटक उपाधि जितेको पुलिस क्लबकाे भने यो पटक सेमिफाइनलमा थ्रीस्टारलाई हराउँदै उपाधि रक्षा गर्ने लक्ष्य रहनेछ  ।

यसअघि क्वार्टरफाइनलमा पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो । थ्रीस्टारले भने ग्याङटाेक सिटी एफसी सिक्किमलाई पराजित गरी पुलिससँगको भेट पक्का गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया