दैलेखका ८ वटा ठाउँमा ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने
फागुन १२, २०८१ सोमबार
संखुवासभा - संखुवासभाको सिलिचोङ गाउँपालिकाका झण्डै सात सय घद्रपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा सञ्चालनमा रहेको सिसुवाखोला लघुजलविद्युत् सेवा अवरुद्ध हुँदा यस्ताे अवस्था आएकाे हाे । स्थानीय सिसुवाखोला लघु जलविद्युत आयाेजनाकाे कुलो ढुङ्गा झरेर भत्काएपछि विद्युत् सेवा बन्द भएको २ नम्बरका वडाध्यक्ष मोहनशमशेर राईले बताउनुभयो ।
झण्डै एक साता अघि चौरीखर्क तेयुङ जाने सडकको ट्रयाक खाेल्ने क्रममा ढुङ्गा खसेर कुलो भत्काएको वडाध्यक्ष राईले बताउनुभयो ।
पाँच वटा वडाहरु रहेको सिलिचोङ गाउँपालिका भित्रका तीन वडा एकसाता देखी टुकीको भरमा बसिरहेका छन् । ६० किलोवाट विद्युत् उत्पादन हुने उक्त जलविद्युत्बाट तीन वडाका सात सय घरपरिवारले सेवा लिँदै आएका थिए ।
कुलोमा क्षति ठूलो भएकाले काम सम्पन्न गर्न केही साता लाग्ने स्थानीयहरुको भनाइ छ ।
२०६७ सालमा निर्माण गरिएको सिसुवाखोला लघु जलविद्युत् आयोजना बिग्रिएसँगै गाउँघरमा राइस मिल सञ्चालन गर्न, विद्यार्थीहरुलाई पठनपाठन गरेन तथा मोबाइल चार्ज गर्नसमेत अप्ठेराे परेकाे स्थानीयहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।