दैलेखका ८ वटा ठाउँमा ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने

 फागुन १२, २०८१ सोमबार १२:३४:५३ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखका ८ वटा ठाउँमा अबको ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने भएका छन् । आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नम्बर ९ को छेपाडी र भकभके भन्ने ठाउँमा १/१ वटा झोलुङ्गे पुल बन्नेछन् ।

महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बन्ने भएकाे छ । भैरवी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको छ ।

नारायण नगरपालिका–१० भवानीमा त्रिवेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा आउँदो असार १५ गतेअघि नै झोलुङ्गे पुल बनाइसक्ने योजना छ ।

यसका लागि झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानहरूको प्रयोगात्मक अभ्यास गराउन ८ वटै ठाउँका उपभोक्ता समितिका २/२ पदाधिकारी र १ मिस्त्रीसमेत २८ जनालाई दैलेख सदरमुकाममा झोलुङ्गे पुल निर्माणसम्बन्धी नमूना अभ्यास तालिम दिइएको छ ।

८ वटा झोलुङ्गे पुलका लागि २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा विस्तृत सर्वेक्षणपछि थप रकम सुनिञ्चित गरिएको र तोकिएको समयमा योजना सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया