‘सत्यमेव जयते’ मा जोन अब्राहमको लुक्स मात्रै होइन, गीत पनि बबाल(भिडियोसहित)

 साउन १०, २०७५ बिहीबार १५:१८:५६ | एजेन्सी
unn.prixa.net

अभिनेता जोन अब्राहम अभिनित फिल्म ‘सत्यमेव जयते’ प्रदर्शनको नजिक आएसँगै फिल्ममा जोनको एक्सन र लुक्सको जति चर्चा भइरहेको छ त्यतिकै चर्चा मनोज बाजपेयीको पनि भइरहेको छ । 

यसैबीच जोन र मनोज बाजपेयीको डायलग र जोनको धमाकेदार एक्सनले भरिएको अर्को गीत सार्वजनिक भएको छ । 

बलिउड फिल्मका अहिले सम्मका गीतहरु भन्दा फरक धारमा बनाइएको यो गीतमा जोन र मनोजको विभिन्न डायलगका साथै जोन खतरनाक एक्सनमा खलनायकलाई कुटिरहेका छन् ।  

‘ताजदार ए हरम’ बोलको यो गीतमा वाजिदको आवाज तथा साजिद वाजिदको संगीत र दानिश सब्रीको शब्द रहेको छ । 

फिल्म ‘सत्यमेव जयते’ २०१८ अगस्ट १५ मा प्रदर्शन हुनेछ  । फिल्मको निर्देशन मिलाप झावेरीले गरेका छन । लेखक झावेरी यही फिल्म मार्फत निर्देशनमा डेब्यू गरिरहेका छन । जोन अब्राहम र मनोज बाजपेयी अभिनित ‘सत्यमेव जयते’ प्रदर्शन भएकै दिन अक्षय कुमारको फिल्म ‘गोल्ड’ पनि प्रदर्शन हुदैछ । 

तसर्थ अब जोन अब्राहम र अक्षयमध्ये दर्शकको साथ कसेले पाउनेछन् भन्ने कुरा भने दर्शकले नै निर्धारण गर्नेछन । 


 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया