दैलेखका ८ वटा ठाउँमा ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - नेपालका युवा अभियन्ता प्रदिप परियार योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित हुनुभएकाे छ ।
विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै परियारलाई योङ ग्लोबल लिडर्स (वाईजीएल) २०२० अवार्डबाट सम्मानित गरेको हो ।
युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पुर्याएको योगदान र सम्भावनाको आधारमा उहाँलाई वाईजीएल अवार्ड प्रदान गरिएको हो ।
यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले याे अवार्ड पाउनुभएकाे थियाे ।
याे अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले उनीहरुलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ ।
पाँच वर्षसम्म चल्ने वाईजीएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भन्नुभयाे, ‘मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।’
हाल समता फाउण्डेसनको कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गर्नुभएकाे छ ।
परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका परियारले सन् २०११ मा नेपालको पहिलो युवामैत्री बजेट, राष्ट्रिय युवा नीति २०१५ र यसथ भिजन २०२५ ल्याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।