आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईकाे हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।
दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जिनियाे विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एककाे बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई दुई–शून्यकाे अग्रता दिलाए । तर एट्लेटिकोका मार्कस लोरेन्टले ९७ औँ र १०५ औँ मिनेटमा गोल गर्दै खेल दुई–दुईकाे बराबरी गरेका थिए । खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई तीन–दुईकाे जित दिलाए ।
पहिलो लेगमा एट्लेटिको एक–शून्यले विजयी भएकोले समग्रमा चार–दुईकाे जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
यस्तै पेरिस सेण्ट जर्मेइन पनि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ । कोरोना भाइरसका कारण रित्तो रङ्गशालामा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्टलाई दुई–शून्यले हराउँदै समग्रमा तीन–दुईकाे जित निकाल्दै पीएसजी अन्तिम आठमा पुगेको हो । पीएसजीका लागि नेयमार र बेर्नाटले गोल गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।