राेजगारीकाे लागि भारत गएका २० घरपरिवारलाई माहुरीकाे घार

 फागुन २९, २०७६ बिहिबार ११:४०:५९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – शितगङ्गा नगरपालिका ६ बाट रोजगारीको लागि भारत गएका २० घरपरिवारलाई आधुनिक माहुरीका घार वितरण गरिएको छ । 

जुकेना गाउँका २० माहुरीपालक कृषकलाई पाँच–पाँच घारका दरले एक सय माहुरीका घार वितरण गरिएको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले बताउनुभयो । भारतमा नभइ आफ्नै ठाउँमा केही उद्यम गरी स्वरोजगार बन्नका लागि माहुरीका घार वितरण गरिएको हो । 

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफाम नेपालको सहयोगमा भारतमा काम गर्न गएका कामदारका परिवारलाई आधुनिक माहुरीका घार वितरण गरेको हो ।जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामीले एक कार्यक्रमका बीच कृषकहरुलाई माहुरीका घार वितरण गर्नुभएको हो ।

उहाँले माहुरी पालनका लागि जुकेना उपयुक्त वातावरण भएको भन्दै व्यावसायिक रुपमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । उत्पादनबिना आर्थिक समृद्धि नहुने बताउँदै उहाँले सबैलाई उत्पादनमुखी व्यवसायमा लाग्न जाेड दिनुभयाे ।  

कार्यक्रममा वडाध्यक्ष ऋषि रेस्मी, कृषि ज्ञान केन्द्रका नीमबहादुर आचार्य, नेकपाका मणि अधिकारी, सरोकार सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष मिठु सारु लगायतले मन्तव्य राख्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया