एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई घुस रकम सहित पक्राउ गरेको छ ।
घुस रकम लिएर बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाण्डाै जाँदै गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख एवं उपसचिव श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको रकम दुई लाख पाँच हजार सहित पक्राउ गरेको अख्तियारका एक कर्मचारीले जानकारी दिए ।
वन कार्यालयका सहयोगी र चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे अख्तियारले जानकारी दिएको छ । घुस रकम लिएर दोलखाबाट हिँडेको जानकारी आएपछि अख्तियारले गठ्ठाघर चोकमा श्रेष्ठ सवार गाठी रोकेर रकम सहित पक्राउ गरेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Toya nath
March 13, 2020, 8:49 a.m.भ्रष्ट कर्मचारीलाई टुँडिखेलमा लगेर सबले देख्ने गरि क्रेनमा झुण्डयाए राख्नुपर्ने , अनि भ्रष्टाचार कम हुन्छ /