पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल - भारत सीमा विवादसम्बन्धी वार्ता अनिश्चित बनेको छ । नेपाल दुई पटक कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरेपनि भारतले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाेल्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले भारत वार्ताका लागि सकारात्मक भए पनि दुवै देशको अनुकूल समयको पर्खाइ रहेको बताउनुभयो ।
‘नेपाल सरकारले वार्ताका लागि दुई पटक कूटनीतिक पत्र पठाएको थियो । तर, नेपालले निर्धारण गरेको मिति अनुकूल नभएको जवाफ फर्काएको छ । फेरी अर्काे बैठक कहिले बस्छ भन्नेबारे कुनै टुङ्गो लागेको छैन’, उहाँले भन्नुभयाे ।
सचिव वैरागीले यस वर्ष नेपाल भारत सीमामा १ सय ५५ सीमास्तम्भ निर्माण भएको बताउनुभयो । १५ स्तम्भ मर्मत र ३९ ठाउँमा सर्भे भएको उहाँले बताउनुभयो । नेपाल भारत संयुक्त प्राधिक समितिले विभिन्न ४ टोली बनाएर सीमा निरीक्षण गरेर तथ्याङ्क समेत सङ्कलन गरेको उहाँले बताउनुभयो ।
सांसद भीम रावलले सरकारी अधिकारीहरुले नक्सा सार्वजनिक गर्ने सम्बन्धमा दिएको जवाफप्रति आक्रोश व्यक्त गर्नुभयाे । ‘नक्सा जारी गर्नु ठूलो कुरा होइन। भूमि फिर्ता गर्नु ठूलो कुरा हो’, भन्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले दिएको अभिव्यक्तिप्रति रावलले असन्तुष्टि जनाउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।