कोरोनाको मेन्सन र म्यासेजले पशुपतिनाथको निद्रा भंग !

 चैत १, २०७६ शनिबार ८:०:५७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - तीन हप्ताअघि शिवरात्रीमा खाएको गाँजाको ह्याङले अझै लट्ठ बनाइरहेको बेला मोबाइलको ट्याङट्याङ टुङ्टुङ्ले पशुपतिनाथको निद्रा भंग भयो । आँखा मिच्दै उठे । आँखीभौंको खरानी पुछे । सिरानी छेउमा तेर्साएर राखेको त्रिशूललाई भित्तामा ठड्याए । भित्तामा झुण्ड्याएको नागको माला झिकेर गलामा भिरे । कुनामा फुकालेर फालेको बाघको छाला कम्मरमा बेरे । ढोका बाहिर बसिरहेको साँडेलाई बिउँझाउने गरी डमरु बजाए ।

अरु दिन बिहान चार बजेतिर पूजारीहरु जागा गराउन भन्दै आउँछन् । स्नान गराइदिन्छन् र लुगा लगाइदिन्छन् । त्यसपछि भक्तजनको घुईंचो लाग्छ । बिहान आँखा मिच्दै उठेदेखि राति झिमिक्क गर्न नपाउँदासम्म भजनकीर्तन, शंखघण्टा, भाकल, आरती आराधना सबै सुन्नुपर्छ ।  

मसँग समान हैसियत भनिने राजाहरुको त कल्याण गरिएन, अहिले आफैं राजा हुँ भन्नेहरुलाई मैले किन सहारा दिने ? लभ पार्नदेखि कोरोनाबाट बच्नसम्म मेरै भाकल गर्ने नेपालीको मुख मैले कहिलेसम्म हेरिरहने ? आफू केही नगर्ने, सधैं पशुपतिनाथको मात्रै भर पर्ने ?

आज भने भक्तजन र पुजारीले गर्दा हैन, मोबाइलको ट्याङट्याङ टुङ्टुङ्ले चाँडै निद्रा खुल्यो । अरुले जगाउनुअघि नै पशुपतिनाथ आफैंले अरुलाई जगाइदिए । 
पशुपतिनाथले पनि मोबाइल बोक्छन् र भनेर कसैलाई आश्चर्य लाग्न सक्छ । तर भर्खर जन्मेको बच्चादेखि आर्यघाटमा जान लागेका बुढाहरुसम्मले मोबाइल खेलाउन थालेपछि पशुपतिनाथले चाहिँ डमरु मात्रै हल्लाएर बस्नुपर्छ भन्ने के छ ? त्यसमाथि जमाना स्मार्टको ।

मन्त्रालयदेखि शौचालयसम्म स्मार्ट हुन थालेपछि शिवालय पनि स्मार्ट हुनु पर्यो नि ! शिवालय स्मार्ट भएपछि शिव अर्थात पशुपतिनाथ पनि स्मार्ट हुने नै भए । त्यसैले पशुपतिनाथले मोबाइल पनि बोक्छन्, डमरु पनि ठोक्छन् । खरानी पनि घस्छन्, क्रिम पनि दल्छन् । बाघको छाला र नागको माला पनि छोडेका छैनन् ।

अब गाँजा विधेयक पास भयो भने त हरेक दिन निर्धक्कसँग खुलम्खुला गाँजा खाएर लट्ठ हुन पाइन्छ । वर्षमा एकपटक आउने शिवरात्री कुर्नै पर्दैन । त्यसमाथि सांसद आफैं गाँजा बोकेर आउने होलान् । गाँजासम्म सिधा र सजिलै पहुँच पुग्ने भयो । मोबाइलमा गाँजा विधेयकको बहस हेरेर पशुपनिताथ मख्खै परे ।

जे होस् मोबाइलको ट्याङट्याङ टुङ्टुङ्ले पशुपतिनाथको मध्यरातमै निद्रा भंग भयो । कैलाशको डाँडा र श्लेषमान्तक वनबाट बहँदै आएको चिसो बतासले आङ सिरिङ्ग बनायो । कम्मरमा लगाएको बाघको छाला अलि तन्काए । लामो कपाल बटारेर जुरो बनाए । दानपत्रको छेउमा डमरुसँगै राखेको मोबाइल निकाले । फेसबुक र ट्वीटर खोले ।

म्यासेज र मेन्सन त कति कति ! कसैले सोझै म्यासेज पठाएका, कसैले मेन्सन गरेर गाँजा विधेयकदेखि कोरोना भाइरससम्मको चर्चा गरेका ।
सबैभन्दा पहिले संसदमा दर्ता भएको गाँजा विधेयकमा आँखा पुग्यो । खुशी नै लाग्यो । शिवरात्रीको बेला मात्र हो धित मर्नेगरी गाँजा खान पाउने हो । अरुबेला त केही ठिटाठिटीहरुले पुलिसको आँखा छलेर यसो सुँघाउँछन् मात्रै । धित मर्नेगरी खान त के थोरै सुंघ्न पनि नपाइने । 

अब गाँजा विधेयक पास भयो भने त हरेक दिन निर्धक्कसँग खुलम्खुला गाँजा खाएर लट्ठ हुन पाइन्छ । वर्षमा एकपटक आउने शिवरात्री कुर्नै पर्दैन । त्यसमाथि सांसद आफैं गाँजा बोकेर आउने होलान् । गाँजासम्म सिधा र सजिलै पहुँच पुग्ने भयो । मोबाइलमा गाँजा विधेयकको बहस हेरेर पशुपनिताथ मख्खै परे ।

मोबाइलमा स्क्रोलिङ गर्दै गए । ओहो गाँजाभन्दा बढ्दा कोरोनाको चर्चा ! कोरोना आउला भनेर सरकारदेखि नागरिकसम्मले पशुपतिनाथको भर परेका ! पशुपतिले रक्षा गर्छन् भन्ने सुनेर कोरोना पनि नेपाल भ्रमणमा निस्कन डराएको रे !

हैन नेपालीले के केमा मात्र मेरो भर पर्छन् ! सरकार काण्डैकाण्डमा फस्छ, नागरिकले मेरै भर गर्छन् । नागरिकले सरकारको विरोध गरेर हैरान पार्छन्, सरकार मेरै भर पर्छ । अलि अस्तिताकासम्म राजाहरुले बातैपिच्छे मेरै कुरा गर्थे, श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भनेर !

बातैपिच्छे सम्झने राजाहरुलाई त कल्याण गर्न सकिएन, उनीहरु एकादेशको राजा भैसके । यी नागरिकको कल्याण चाहिँ कति र कहिलेसम्म गरिरहने ? आफू केही गर्दैनन्, मेरै भर पर्छन् । सम्झँदै पशुपतिनाथको त्रिनेत्र राता हुन थाले ।

उताबाट भर्खरै वाग्मतीमा नुहाएर केशबाट तपतप पानी चुहाउँदै पार्वती आइपुगिन् ।  पार्वतीको रुप देख्नेबित्तिकै बुढाको क्रोध एकाएक हरायो । मोबाइलको मेन्सन र म्यासेज सबै बिर्सिए । हातमा बोकिसकेको त्रिशूल र डमरु बाहिरै मिल्काएर पार्वतीसँगै भित्र पसे ।

फेसबुक र ट्विटरमा आफूलाई गरेको मेसेज र मेन्सन हेर्दै उनी फत्फताउन थाले । नाकामा कडा जाँच र अरु आवश्यक तयारी गर्न छाडेर सरकार मेरै भर पर्छ । जाँच्न आउने बिरामीको जिम्मा लिन सकिंदैन, त्यसैले घरमै क्वारेन्टाइन बनाएर बस्नु भनेर मन्त्री भन्छन् । सरकारले नसक्ने भयो प्रभु अब तपाईं नै हाम्रो सहारा भनेर नागरिक ढुक्क छन् ।

खाँचो लाइराछ र सधैं यिनको कल्याण गर्न ! मैले नुहाउने बागमतीमा दिसापिसाब र फोहोर गर्नेलाई मैले कल्याण गर्नुपर्ने ? शिवरात्रीमा मलाई चढाउन ल्याएको फूल चोर्नेलाई मैले रक्षा गर्नुपर्ने ? मलाई चढाएको भेटी व्यवस्थित गर्न नसक्ने सरकार मेरो भर पर्ने ? मसँग समान हैसियत भनिने राजाहरुको त कल्याण गरिएन, अहिले आफैं राजा हुँ भन्नेहरुलाई मैले किन सहारा दिने ? लभ पार्नदेखि कोरोनाबाट बच्नसम्म मेरै भाकल गर्ने नेपालीको मुख मैले कहिलेसम्म हेरिरहने ? आफू केही नगर्ने, सधैं पशुपतिनाथको मात्रै भर पर्ने ?

फतफताउँदै गरेका पशुपतिनाथ बुढाको पारो तात्दै गयो । सधैं अर्काको मात्रै भर परेर ढुक्क हुने नेपालीको जिम्मा लिन अब सक्दिनँ । ‘पूर्व तयारी र होशियारी आफैं गर, मेरो भर नपर’ भन्न खोज्दै बुढाले हातमा त्रिशूल बोके । निधारमा खरानी थपे । गलामा नागको माला हल्लाउँदै कम्मरमा बाघको छाला अझै बेस्सरी कसे ।

डमरु बजाएर उफ्रँदै ढोका बाहिर बसिरहेको साँडे चढ्न मात्रै लागेका थिए, उताबाट भर्खरै वाग्मतीमा नुहाएर केशबाट तपतप पानी चुहाउँदै पार्वती आइपुगिन् । 
पार्वतीको रुप देख्नेबित्तिकै बुढाको क्रोध एकाएक हरायो । मोबाइलको मेन्सन र म्यासेज सबै बिर्सिए । हातमा बोकिसकेको त्रिशूल र डमरु बाहिरै मिल्काएर पार्वतीसँगै भित्र पसे ।

तत्काललाई पशुपतिनाथको क्रोध त शान्त भयो । तर पशुपतिनाथमाथि यसैगरी भर र विश्वासको भार अझै बढ्दै गयो भने कुनदिन उनले रौद्ररुप नदेखाउलान् भन्ने के भर !

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया