जनकपुरधाममा हाेली मनाइयाे
चैत २, २०८१ शनिबार
मिति – २०७५ साल साउन ९ गते
समय – बेलुका ६ बजे
स्थान – सिद्धार्थ बैंक, न्यूरोड शाखा
रुकुमका खड्कबहादुर सुनार र दाङका बचन सुनारले सिद्धार्थ बैंकबाट ४८ लाख ३६ हजार मूल्यमा एक किलो सुन किनेर गोंगबुमा रहेको एउटा गेस्ट हाउस पुगे ।
गोंगबूको एक पाहुनाघरबाट एक किलो सुनसहित आफू लुटिएको भनेर रुकुमका ५३ वर्षीय खुड्क बहादूर सुनारले प्रहरीलाई फोन गरे ।
एक केजी सुन, नगद रुपैयाँ, बैंकको चेक र मोबाइलसमेत लुटियो भनेर प्रहरीको कन्ट्रोल रुममा एकाएक यो सूचना फैलियो । प्रहरीको टोली घटनाको निरीक्षण गर्न तत्कालै घटनास्थलमा पुग्यो । तर घटनास्थल पुग्दा लुटपाटको जस्तो कुनै पनि दृश्य थिएन ।
लुटपाट भए त कोठाको अवस्था भद्रगोल भएको हनुपर्र्ने । मान्छेलाई चोट लागेको हुनुपर्ने । तर त्यस्तो केही पनि नदेखेपछि प्रहरीलाई शंका लाग्यो, यो लुटपाट होइन भनेर । त्यसपछि प्रहरीलाई नै सूचना दिने व्यक्तिमाथि प्रहरीको अनुसन्धान तेर्सियो ।
लुटिएको भनेर फोन गर्ने खड्कबहादूर सुनार दाङ सुन व्यवसायी संघका सदस्य हुन् । उनले काठमाडौंबाट एक केजी सुनलाई दाङसम्म लैजाने जिम्मा पाएका रहेछन । तर उनले त्यो सुनलाई लुटिएको भनेर प्रहरीलाई खबर गरेर आफ्नो बनाउने योजना बुने ।
गोंगबुमा रहेको अमर ज्वेलर्समा सुन लुकाएर राती प्रहरीलाई लुटपाट भएको भनि गलत सूचना दिएर उनले त्यो एक केजी सुन पचाउने योजना बनाएका थिए । तर प्रहरीको छानविनपछि घटना झुटो भएको र सुन व्यवसायी संघ दाङको एक केजी सुन हात लगाउन लुटिएको नाटक गर्न खोजेको भन्ने पत्ता लागेपपछि बचन र खड्कबहादुर आफै प्रहरीको फन्दामा परे ।
प्रहरीले छानविनपछि घटनामा संलग्न खड्कबहादुर सुनार र उनका ज्वाँइ बचन सुनारलाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।