बढी मूल्यमा मास्क बेच्न खोज्ने ८ जना पक्राउ

 चैत १, २०७६ शनिबार २०:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रहरीले बढी मूल्यमा बिक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी ९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र निर्प कार्की छन् ।

मञ्जुश्री सप्लायर्सले ३ र ४ रुपैयाँ पर्ने एउटा मास्क नै ३१ रुपैयाँमा बिक्री गर्न खोजेको र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया