सिरियाली युद्धमा तीन लाख ८४ हजार जनाको ज्यान गयो

 चैत १, २०७६ आइतबार ५:२६:० | रासस
unn.prixa.net

काठमाण्डौ - सिरियामा जारी युद्ध नवौँ वर्षमा प्रवेश गरेको छ । 

सन् २०११ को मार्चमा सुरू भएको गृहयुद्धमा अहिलेसम्म सिरियामा तीन लाख ८४ हजार जनाको ज्यान गएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । 

युद्धको कारण त्यहाँको आधाभन्दा बढी जनसङ्ख्या आन्तरिक वा वाह्य रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । सन् २०११ मा अरब वसन्त नाम दिइएको शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलन समय क्रमसँगै सरकारविरूद्धको कडा सङ्घर्षको रुपमा परिणत भयो । 

विद्रोही समूहले राष्ट्रपति वसर अल असदलाई बर्खास्त गर्नुपर्ने माग बुलन्द गरेपनि राष्ट्रपति  असदले राजीनामा नदिएपछि द्वन्द्वको मारमा सर्वसाधारणले झण्डै एक दशक बिताउन बाध्य भएका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया