अन्तिम अभ्यास खेलमा नेपालले दियाे इष्ट लण्डन शार्क्सलाई २५२ रनको विशाल लक्ष

 साउन १०, २०७५ बिहीबार १९:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल अन्तरगत इष्ट लण्डन शार्क्सलाई २५२ रनको लक्ष्य दिएको छ ।

चार अभ्यास खेल अन्तरगत टी-ट्वान्टीमा पराजित भएको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट गुमाएर २५१ रन बनाएको थियो ।

खेलमा ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ७५ रनको पारि खेले ।  ४७ बल खेलेका ज्ञानेन्द्रले ६ छक्का र ५ चौका प्रहार गरे ।

यसअघि ५० ओभरको अभ्यास खेलमा शतकीय पारि खेलेका अनिल कुमार साह आज भने चल्न सकेनन् । उनी जम्मा ११ बल फेस गर्दै ८ रनमा पेभेलियन फर्किएका थिए ।

यसैगरी ३० बल खेलेका कप्तान पारस खड्काले ६७ रन बनाए । उनले ६ छक्का र ४ चौका प्रहार गरे ।

२६ बल खेलेका दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । विस्फोटक ब्याटिङ गरेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।

रोहित कुमार पौडेल १२ रन बनाउँदा आरिफ सेख २ रनमा आउट भए । इष्ट लण्डनका सलिम अकबरले २ तथा अर्सद हारुन र बिलाल बटले एक एक विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramchandra Neupane

    July 26, 2018, 7:57 p.m.

    Gyane le garchau

  •  0 Reply

तपाईको प्रतिक्रिया