काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
इण्डोनेशियामा आयोजना हुने १८औं एशियाली खेलकुदका लागि त्यहाँको सरकारले सरसफाइमा विशेष ध्यान दिएको छ ।
राजधानी जकार्तामा रहेको सबैभन्दा फोहोर नदीलाई ढाक्नका लागि प्लास्टिको जाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसका लागि ३० हजार स्टर्लिङ् पाउण्ड खर्च गर्न लागिएको छ ।
खेलाडी बस्ने ठाउँ नजिकै रहेको मोशन नदी यतिधेरै फोहोर छ कि, त्यहाँका स्थानीयले ‘कालो नदी’को रुपमा चिनाउने गर्छन् ।
सरकारले सफाई गर्नकालागि विशेष अभियान पनि सञ्चालन गरेको थियो । यदि नदीलार्इ नढाक्ने हो भने एशियाड भिलेजमा बस्ने खेलाडीहरुले खाना खान सक्नेछैनन् ।
त्यसका लागि नदीमा कालो जाली लगाइदैंछ । त्यसको उद्देश्य खेलाडीहरुले फोहोर पानी नदेखुन भन्ने रहेको इण्डोनेशियाका अधिकारीले बताएका छन् ।
सरकारले फोहोर नदी छोप्नका लागि गरिरहेको कामको भने स्थानीयले आलोचना गरेका छन् ।
स्थानीयले भने ‘सरकारले सरसफाई गर्ने योजना बनाउनुको साटो नदी छोप्ने जाली किन्नु लाजमार्दो कुरा हो ।’
जाकार्ताका गर्भनर अनिस बेसवेडेनले अब नदी सफाईको अभियान अघि बढाइने बताएका छन् ।
इण्डोनेशियाको राजधानीमा ९६ प्रतिशत पानी फोहोर रहेकोे छ । अगस्ट १८ तारिखबाट शुरुहुने एशियन गेम्समा ४५ देशबाट ११ हजार खेलाडी सहभागी हुँदैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।