कुनै जमानामा साबुन ‘बेच्ने’ गर्थे इमरान खान

 साउन १०, २०७५ बिहीबार २०:४९:२४ | एजेन्सी

पाकिस्तान तहरिक–ए–इन्साफका नेता तथा पूर्व क्रिकेटर पाकिस्तानका नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । 

बुधबार १० करोडभन्दा बढी मतदाताले भाग लिएको संसदीय चुनावमा उनको पार्टी बहुमत नजिक रहेको छ । पाकिस्तानको संसदमा २७२ सिट रहेको छ । यदि सरकार बनाउन आवश्यक १३७ सिट हात नपरे पनि इमरान गठबन्धनको सहाराले पनि प्रधानमन्त्री बन्न सक्नेछन् । 

क्रिकेटमा सफल मानिएका इमरान खान सन् १९८० को दशकमा साबुन बेच्ने गर्थे । उनी आफैले साबुन बेच्ने त होइन,  तर चर्चित ‘सिन्थोल’ ब्राण्डको साबुनको विज्ञापनमा अभिनय गरेका थिए । भारत भ्रमणमा आएका बेला उनलाई यो विज्ञापन गर्ने अवसर प्राप्त भएको थियो । 

आफ्नो आकर्षक अनुहार र व्यक्तित्वका कारण उनी विशेषगरी महिलाहरुबीच निकै नै चर्चित थिए । त्यसैका कारण पनि उनलाई ‘सिन्थोल’ को विज्ञापनका लागि चुनिएको थियो । 

यो विज्ञापनमा उनी बल लिएर भाग्दै गरेका हुन्छन् । अनिसाबुनको विशेषता दर्शकलाई बताउँछन् । इमरानले भारत र पाकिस्तान दुवै देशका विज्ञापनमा काम गरेका छन् । 

पूर्व भारतीय कप्तान सुनिल गावस्करसँगै इमरानले सफ्ट ड्रिंकको विज्ञापनमा अभिनय गरेका थिए । साथै पाकिस्तानमा पेप्सी तथा चिया कम्पनीका लागि पनि विज्ञापनमा पनि अभिनय गरेका थिए । 

हेर्नुहाेस् विज्ञापन

 

 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया