३७ हजार फीटमाथि उडिरहेको जहाजका पाइलटबीच नै हात हालाहाल भएपछि...

 साउन १०, २०७५ बिहीबार २१:२८:४ | एजेन्सी
unn.prixa.net

इराकी एयरवेजका दुई जना पाइलटबीच जहाज उडिरहेकै बेला हात हालाहाल भएको समाचार सार्वजनिक भएको छ । 

बुधबार इरानको मशद विमानस्थलबाट इराकका लागि उडेको इराकी एयरवेजकाे एउटा जहाज ३७ हजार फीटमा उडिरहेका बेला सामान्य भनाभनबाट सुरु भएको दुई पाइलटको झगडा हात हालाहालको अवस्थासम्म पुगेको थियो । 

जहाजमा एक सय ५७ जना यात्रु सवार थिए । विमानले तुर्कमेनिस्तान र अफगानिस्तानको सीमामाथि जहाज उडिरहेका बेला पाइलटहरु एक आपसमा लडेका हुन् । दुई पाइलटबीचको झगडाले उडान नै जोखिममा परेकाले विमानमा रहेका सुरक्षा गार्डले दुई पाइलटलाई छुट्याएका थिए । 

घटना घटेको एक दिनपछि इराकको यातायात मन्त्रालयले घटनाको छानविन गरेको बताएको छ । साथै मन्त्रालयले ती दुई पाइलटलाई उडान भर्नबाट प्रतिबन्ध लगाएको समेत जनाएको छ । 

सन् २०१५ देखि इराकी एयरवेजलाई सार्वजनिक सुरक्षा मापदण्ड पूरा नगरेकाले युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Khem bhandari

    March 16, 2020, 5:36 p.m.

    Corona virus in details

  •  0 Reply

तपाईको प्रतिक्रिया